
काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका ८६ वटा राजनीतिक दलको आय व्यय अपारदर्शी देखिएको छ । ४६ वटा दलले तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् ।
नियमित रुपमा लेखापरीक्षण प्रतिवेदन बनुझाउनेको संख्या ४० छ । आयोगले बुधबार यी दललाई हिसाब किताबको विवरण नबुझाउनुको औचित्यपूर्ण र चित्त बुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण दिन भनेको छ । दलहरुले आर्थिक वर्ष समाप्त भएको ६ मनिाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने हुन्छ ।
त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नुपर्नेजस्ता कानुनी प्रावधान पालना नगर्ने दलहरुलाई स्पष्टीकरण सोधिएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । ‘आयोगमा लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने समयअवधि समाप्त भएको ४५ दिनभित्र आयोगले लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने दललाई त्यसरी लेखापरीक्षण पेस गर्न लिखित रुपमा वा विद्युतीय वा अन्य सञ्चारमाध्यमबाट आदेश दिन सक्ने र तोकिएबमोजिमको अवधिभित्र सम्बन्ध दलले स्पष्टीकरण पेस गर्नुपर्नेछ भन्ने कानुनी व्यवस्था रहेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्