१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिना सर्त रिहाइको माग गर्दै रुसी विपक्षी नेता नवाल्नीका समर्थकहरुको विरोध प्रदर्शन


0
Shares

एजेन्सी । रुसी विपक्षी नेता अलेक्सी नवाल्नीका समर्थकले देशव्यापी रुपमा प्रदर्शन गरेका छन् ।

केही समयअघिदेखि हिरासतमा रहेका नवाल्नीको स्वास्थ्य अवस्था गम्भीर भएपनि उपचार नभएको समाचार सार्वजनिक भएसँगै उनका समर्थकहरुले देशव्यापी रुपको विरोध प्रदर्शन गर्दै आएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक नवाल्नीको स्वतन्त्रताको माग गर्दै हजारौं समर्थकहरु सडकमा ओर्लिएको अलजजिराले जनाएको छ । संयुक्त राष्ट्रसंघले पनि नवाल्नीको उचित उपचारको व्यवस्था नमिलाएको भन्दै सरकारको आलोचना गरेको छ ।

राष्ट्रसंघले नवाल्नीको मानवअधिकारको रक्षा रुसको ध्यानाकर्षण गराउँदै आएको छ । यता सरकारी अधिकारीहरुले नवाल्नीमाथि कुनै अमानवीय व्यवहार नगरेको स्पष्ट पारेका छन् ।

उनीहरुले कैदी बन्दीले पाउने सुविधासहित हिरासतमा राखिएको दावी गरेका छन् । यसअघि मार्च ३१ मा नवाल्नीले कारागारमै भोक हड्ताल सुरु गरेका थिए । हड्तालका कारण उनको स्वास्थ्य बिग्रँदै गएको चिकित्सकहरुले जनाएका छन् ।

कोरोना महामारी नियन्त्रणमा नआइसकेका बेला सर्वसाधारण सडकमा ओर्लिएको भन्दै सरकारले असन्तुष्टीसमेत जनाएको छ । सुरक्षा अधिकारीहरुले कतिपय प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । ४४ वर्षिय नवाल्नीलाई जर्मनीबाट फर्कने क्रममा गत जनवरीमा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।