१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा


0
Shares

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा एक खेल अगाडी नै फाइनलमा पुगेको छ ।

नेपालले उपाधिका लागि नेदरल्यान्ड्ससँग नै खेल्नेछ । मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीमा सकिएपछि दुवैले एक एक अंक बाँडेका छन्।

जसका कारण नेदरल्यान्ड्सले फाइनलमा स्थान बनायो भने नेपालले लिगको अन्तिम खेल खेल्न अगाडी नै फाइनलमा प्रवेश गरेको हो।

वर्षाले पटक पटक प्रभावित गरेको नेदरल्यान्ड्स र मलेसियाको आजको खेलमा डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो ।

तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुनः खेल रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।

९२ रनको लक्ष्यमा मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल ’टाइ’ भएको थियो ।

मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोड्दा अनवर अरुदीनले २३ रन बनाए । भिरनदीप सिंह १४ रनमा आउट भए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २ विकेट लिए ।

यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पिटर सेलारले ३७ रन जोडे । टोबीआस भिसी र बास डी लिडी सुन्य रनमा आउट भए ।

एन्टोनीयस स्टाल १० रनमा अविजित रहे । मलेसियाका मुहमद वाफिकले २ विकेट लिए । पवनदिप सिंह र भीरनदीप सिंहले १/१ विकेट लिए । बराबरीमा रोकिएसँगै मलेसिया भने बाहिरिएको छ ।