५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


अछाममा कोरोना भाईरसका कारण १ जनाको मृत्यु


0
Shares

अछाम । अछाममा कोरोना भाईरसका कारण १ जनाको ज्यान गएकोे छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ बर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

पछिल्लो समय विश्वमै सबैभन्दा बढी कोरोना भाईरसको संक्रमणदर रहेको भारतको गुजरातमा रोजगारीको शिलशिलामा रहेका उनी १५ दिन पहिले घर फर्किएका थिए ।

स्वास्थ्यमा समस्या देखीएपछि बयालपाटा अस्पतालमा गरीएको पिसिआर परिक्षण उनमा बैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाँको आज (बिहिबार) बिहान ७ः३० मा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिनुभएको छ ।