
फाइल फाेटाे
काठमाडौं । हुम्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ । सदरमुकाम सिमकोटमा बिहीवार विहानदेखि हिमपात भएको हाे ।
उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, तिल, जाँङ, हिल्सा र चालालगाएतका क्षेत्रमा बुधवारदेखि नै हिमपात भएको हो ।
हिमपातका कारण हुम्लाकाे हवाई उडान प्रभावित भएको छ । बुधवार वर्षाले प्रभावित भएको उडान बिहीवार हिमपातले झनै प्रभावित भएकाे हाे । हिमपात भएसँगै दुई दिनदेखि हुम्लाकाे उडान ठप्प भएको छ ।
तर यता हिमपात भएपछि हुम्लाबासी भने खुशी भएका छन् । हिमपातका कारण खेतबारीमा छरेको अन्नवालि राम्रो हुने भएकाले जिल्लाका कृषकहरू खशी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्