३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुस्योः दाहाल


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताउनुभएको छ ।

लेनिन दिवसको अवसरमा हिजो पार्टी कार्यालय पेसिरडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताउनु भएको हो ।

कम्युनिष्टहरुको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरुलाई साथ लिएर टुक्राउन खोजेको उहाँको आरोप थियो ।

कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको भन्दै अध्यक्ष दाहालले अहिले बाहिर भनिए जस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको पनि बताउनुभयो ।

तर पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले अझैपनि कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउन छोडन नहुने बताउनुभयो ।

उहाँले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई जनतामा गएर काम गर्न र राष्ट्रलाई एकतावद्ध बनाउन पनि आह्वान गर्नुभयो ।