
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
सान्थाक्राको दिदीमा गाउँका ३० वर्षीय आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो ।
जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आकाश र घटनामा प्रयोग भएको बन्दुकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्