२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

पार्टी विभाजनको संघारमा पुगेका बेलामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले बैठक बस्न लागेको हो ।

बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद मिल्न सक्नु भएको छैन ।

अध्यक्ष ओलीले नेता नेपाललाई बैठकमा आएर आफ्ना असन्तुष्टि राख्न आग्रह गरेपनि नेता नेपालले फागुन २८ को निर्णय फिर्ता नलिएसम्म स्थिति सहज बन्न नसक्ने जवाफ दिनुभएको छ ।

वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नहुने बताइएको छ ।

आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । साथै आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बुझिएको छ ।

बैशाख ६ गतेको बैठकले खनाल नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् ।

एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए ।