
बागलुङ । पछिल्लो समय बागलुङमा आगलागीका घटनाहरु बढ्दै गएका छन् ।
आगलागीका घटनाहरु बढे पनि नियन्त्रणका लागि यहाँका स्थानीय सरकारसँग कुनै योजना तथा व्यवस्थापन नै छैन ।
१० स्थानीय तह भएको बागलुङमा बागलुङ नगरपालिकामा मात्रै एउटा दमकल छ । अन्य नौँ स्थानीय तहहरु दमकलविहीन छन् ।
गत चैत्रमा मात्रै बागलुङ बजारमा तीन ठुला आगलागीका घटना भएका थिए ।
त्यतिबेला नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिन नसकेपछि पर्वतको कुस्मा नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाको दमकल झिकाउनु परेको थियो ।
आगलागी नियन्त्रणका लागि अत्यावश्यक दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोक्न सकिने जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्