२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इन्डोनेसियामा बेपत्ता पनडुब्बी जहाजको खोजी कार्य व्यापक


0
Shares

एजेन्सी । इन्डोनेसियामा गत बुधवारदेखि वेपत्ता एउटा पनडुब्बी जहाजको खोजी कार्य ब्यापक बनाईएको छ ।

सैनिक अधिकारीहरुले अब उक्त पनडुब्बीमा झण्डै ७० घण्टाको लागि पुग्ने अक्सिजन मात्रै बाँकी रहेको अनुमान लगाएका छन् ।

इन्डोनेसियाको पर्यटकीय क्षेत्र बालीको तटीय क्षेत्रबाट झण्डै सय किलोमिटरको दुरीमा उक्त पनडुब्बी हराएको थियो ।

पनडुब्बीमा ५३ जना जलसैनिक रहेको बताईएको छ । स्थानिय समय अनुसार गत बुधबार बिहानदेखि हराईरहेको उक्त पनडुब्बीको खोजीमा ६ वटा युद्धपोत, एउटा हेलिकोप्टर र ४ सय उद्धारकर्मीहरु खटिएका छन् ।

छिमेकी देशहरु मलेसिया र सिंगापुरसँगै अमेरिका, अष्ट्रेलिया, फ्रान्स, जर्मनी लगायतका मुलुकहरुले खोजी कार्यमा सहयोग गर्न प्रस्ताव गरेका छन् ।

नियमित सैन्य अभ्यासको क्रममा उक्त पनडुब्बी सम्पर्कविहिन भएको थियो । जर्मनीमा बनेको यो पनडुब्बी इन्डोनेसियाको जलसेनाले संचालन गरिरहेको ५ वटा पनडुब्बीमध्येको एक हो ।