
एजेन्सी । चीनका राष्ट्रपछि सी जीन पिङको महत्वकांक्षी बेल्ड एण्ड रोड (बीआरआई) परियोजनालाई अस्ट्रेलियाले रद्द गरिदिएपछि चीनले त्यस्तो निर्णय फिर्ता गर्न चेतावनी दिएको छ । अस्ट्रेलिया शीतयुद्धको मानसिकतामा रहेको आरोप लगाउँदै चीनले फिर्ता रद्द गर्ने फैसला फिर्ता नलिए कडा जवाफ दिने चेतावनी दिएको हो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार एक प्रेस कन्फ्रेन्समा बीआरआई व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभकाको सिद्धान्त भएको अन्तर्राष्ट्रिय आर्थिक सहयोगको पहल भएको बताउनुभयो । यसले उदारता, समावेशीता र पारदर्शिताको भावना बढाएको उहाँको भनाइ छ ।
उनले भनेका छन्, ‘भिक्टोरिया सरकार र चीनको बीच भएको बीआरआई सहयोग सभ्झौतालाई अस्ट्रेलियाको संघीय सरकारले वीटोका माध्यमले खारेज गर्नु दुई देशबीचको साझा सहयोग र सामान्य आदानप्रदानमा कारणविनै अवरोध पुर्याउनु हो ।’
वाङले अस्ट्रेलियालाईै तुरुन्त शीतयुद्धको मानसिकताबाट पछि हट्दै निर्णय फिर्ता गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नभुयो, ‘अस्ट्रेलियाले गल्ती सुधार्नुपर्छ, गलत बाटोमा हिड्दा पहिलेदेखि नै गम्भीर बनेको चीन–अस्ट्रेलिया सम्बन्ध थप गम्भीर हुनबाट बचाउन आग्रह गर्छु ।’ अस्ट्रेलियाले सम्बन्ध सुधार गर्न भन्दा पनि विगार्न चाहिरेको उहाँको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्