
नवलपुर । बुलिङ्गटार गाउँपालिका–६ को बर भञ्ज्याङमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
दलदलेबाट डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना पाल्पा रामपुर बस्ने अजय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारको लागि कावासोती मध्यविन्दू जिल्ला अस्पताल ल्याइएको छ । १६ जना यात्रु बोक्ने क्षमता भएको जिपले क्षमता भन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्