
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन पहल नगरेको आरोप लगाउनुएको छ ।
बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन कुनै पहल नगरेको आरोप लगाउनुभयो । आफ्नो माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरूसँग भेटघाट भएपछि उनीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति नदेखिएको उहाँले बताउनुभयो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालहरूको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको उहाँले आरोप लगाउनुभयो । पार्टी विभाजित नभएको भए पनि सम्बन्ध शत्रुतापूर्ण बनिसकेको भन्दै उहाँले आफूलाई साधारण सदस्यबाट समेत निष्काशन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको बताउनुभयो ।
यसैबीच माधवकुमार नेपाल समूहका नेताहरूले दिएको स्पष्टीकरण तुलनात्मक रूपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ ।
अध्यक्ष एवं संसदीय दलका नेता ओलीले नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्नुभएको थियो । प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्