
बागलुङ । विद्यालयमा कोरोना जोखिम बढ्दै गएपछि बागलुङ नगरपालिकाले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाख १२ गतेदेखि लागू हुने गरी सम्पूर्ण शिक्षण संस्था, ट्युसन, भाषा तयारी कक्षा वैशाख १९ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरमा बालबालिका बढी पीडित भएको भन्दै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको बताउनुभयो ।
अहिले बागलुङको नगरपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत २३ विद्यार्थी सक्रिय संक्रमित छन् । हाल बागलुङ नगरपालिकामा ६१ सक्रिय संक्रमित भएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्