४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


तेह्रथुमका सबै पालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र विस्तार


0
Shares

तेह्रथुम । आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमले जिल्लाका सबै पालिकामा शाखा विस्तार गरेको छ ।

यसअघि सदरमुकाम म्याङलुङबाट सेवा दिँदै आएको केन्द्रले स्थानीय तहमा समेत केन्द्रको स्थापना गरी सेवा विस्तार गरेको हो ।

आठराईको संक्रान्ति बजार र लालीगुँरास नगरपालिकाको लसुने बजारमा आयुर्वेद औषधालय स्थापना गरेपछि अन्य स्थानीय तहमा पनि नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख अमिन्द्रकुमार पण्डितले बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले पछिल्लो समय फेदाप, मेन्छ्यायेम र छथरमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरी आयुर्वेद पद्धतिको सेवा बिस्तार गरेको थियो ।