
तेह्रथुम । पुष्पलाल(मध्यपहाडी) राजमार्ग अन्तर्गत तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकालाई जोड्न खोरुङगा खोलामा निर्माण हुने भनिएको मोटोरेबल पुल सम्झौता भएको ६ वर्षसम्म पनि बनेको छैन ।
०७३ सालमा निर्माणको जिम्मा लिएको शप्तकोशी जलधार निर्माण सेवाले सम्झौताअनुसार काम नगर्दा विगत ६ वर्षदेखि पुल अलपत्र परेको हो । पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि स्थानीय प्रशासन र जनप्रतिनिधिले पुलको बारेमा चासो राखेको जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो ।
शप्तकोशी जलधार निर्माण सेवाले आर्थिक वर्ष ०७२÷७३ मा ४ करोड ९६ लाख रुपैयाँमा खोरुङगा खोलामा ३५ मिटर पुल निर्माणको जिम्मा पाएको थियो । सम्झौता मितिमा काम सम्पन्न गर्न नसकेको कम्पनीले थपिएको समयमा समेत काम नगरेपछि ४९ लाख ६० हजार जरिवानासमेत तिरेको थियो ।
प्रतिक्रिया दिनुहोस्