१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


एमालेमा नेपाल पक्षलाई ढोका बन्द !


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपाल पक्षका सबै नेतालाई जिम्मेवारीविहीन बनाएका छन् ।

शुक्रबार दिउँसो ओलीले खनाल नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसेर एकलौटी रुपमा स्थायी कमिटी पुर्न गठन गरेका छन् । बैठक बालुवाटारमा बसेको थियो । बैठकमा ओलीले नेपाल पक्ष पार्टीभित्र आउन नचाहेको बताएका थिए ।

यसैबिच नेता नेपालले ओलीमा धरहराभन्दा माथिको दम्भ रहेका कारण मिलाउने भन्दा बिगार्न लागिपरेको बताएका छन् । केपी ओलीको दम्भ अहिले धरहरा भन्दा माथि चढेको छ ।

‘हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो, त्यो धरहरा देखेर उहाँले दम्भ देखाइरहनु भएको थियो । त्यो दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन छोड्दैनौं, पार्टी छोड्दैनौं, लोकतन्त्र छोड्दैनौं, संघीयता त्याग्दैनौं,’ नेपालले जनकपुरमा भने ।

नागरिक