१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


यो विपतमा हाम्रा प्रधानमन्त्रीले के गर्नुपर्थ्यो ? के गर्दै छन् ?


0
Shares

आपतकाे यो वेला प्रधानमन्त्रीले स्वास्थ्यविज्ञ, मुख्यमन्त्री, प्रतिपक्षी नेताहरू तथा अन्तर्राष्ट्रिय साझेदारसँग ‘ब्याक टु ब्याक’ रणनीतिक छलफल गर्नुपर्ने हो, तर हाम्रा प्रधानमन्त्री आफ्नै दलको झमेलाबाट बाहिर निस्केका छैनन्, निस्किएको वेला पनि अस्पतालमा भेन्टिलेटर होइन, मन्दिरमा गजुर झुन्ड्याउन आतुर छन्

संक्रमण बढेसँगै प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम

१ वैशाख : प्रज्ञा प्रतिष्ठानमा भव्य उपस्थितिबीच कार्यक्रम

नयाँ वर्षको पहिलो दिन प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रम गरेर प्रधानमन्त्री केपी ओलीले माओवादीका बहिर्गमित लडाकु र मधेसी आन्दोलनकारीलाई सम्बोधन गरे ।

४ वैशाख : सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले एमसिसी, उपनिर्वाचन, कोभिड–१९ महामारीलगायतका विषयमा सर्वदलीय बैठक गरे, तर सरकारको कुनै रणनीति प्रस्तुत गरेनन् ।

६ वैशाख : एमाले १०औँ महाधिवेशन आयोजक कमिटीको बैठक

यही दिन बिहान ओलीले बालुवाटारमा मन्त्रिपरिषद् डाकेर २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नदिने र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे । तर, दिउँसो करिब २६५ जना नेताहरूको उपस्थितिमा बालुवाटारमा नै राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक राखे ।

७ वैशाख : राम–सीताको मूर्तिमा बालुवाटारमा अनुष्ठान

प्रधानमन्त्रीले आफ्नै निवास बालुवाटारमा सयौँ मान्छे जम्मा गरेर राम–सीताको मूर्तिमा पूजा गरे । देवघाट हुँदै चितवनको माडी पुग्नलाई पाँच सय गाडीको शोभायात्रालाई बालुवाटारबाट बिदा गरे ।

८ वैशाख : प्रधानमन्त्रीको निर्देशनमा माडीमा चार हजारको भिड

निर्वाचनका र्याली र कुम्भ मेलाले भारतमा महामारी फैलाएको समाचार विश्वभर प्रसारित हुँदा पनि मूर्ति प्रतिस्थापन गर्न गत बुधबार पर्यटनमन्त्री भानुभक्त ढकाल र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा चितवनको माडीमा चार हजार मान्छेको भिड जम्मा भयो ।

९ वैशाख : पार्टी कार्यालय उद्घाटन र शिलान्यास

ओलीको उपस्थितिमा एमालेको नयाँ केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सारियो । नेता कार्यकर्तासहित ओली थापाथली पुगे । त्यसपछि बल्खुमा पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरे ।

१० वैशाख : राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक

ओलीले शुक्रबार करिब ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक गरे । उक्त बैठकमा करिब अढाई सयभन्दा बढीको संख्यामा देशभरबाट आएका नेताहरूको उपस्थिति थियो ।

आपतकाे यो वेला प्रधानमन्त्रीले स्वास्थ्यविज्ञ, मुख्यमन्त्री, प्रतिपक्षी नेताहरू तथा अन्तर्राष्ट्रिय साझेदारसँग ‘ब्याक टु ब्याक’ रणनीतिक छलफल गर्नुपर्ने हो, तर हाम्रा प्रधानमन्त्री आफ्नै दलको झमेलाबाट बाहिर निस्केका छैनन्, निस्किएको वेला पनि अस्पतालमा भेन्टिलेटर होइन, मन्दिरमा गजुर झुन्ड्याउन आतुर छन् ।

नयाँ पत्रिका