
काठमाडौं । २०६२ , ६३ को जनआन्दोलन सफल हुनुको महत्वपूर्ण आधार थियो विगतमा गरेका गल्ती कमजोरी नदोहोर्याउने तक्कालीन सात राजनीतिक दलको सार्वजनिक प्रतिबद्धता ।
जनताको साथ नपाइरहेका राजनीतिक दलहरुले २०६३ मंसिर ७ गते तत्कालीन विद्रोही माओवादीसँग भएको १२ बुँदे सहमतिको बुँदा नम्बर ७ मा लेखेका थिए सता राजनीतिक दलहरुले बिगतमा संसद् र सरकारमा छँदा भएका गल्ती कमजोरीप्रति आतसमीक्षा गर्दै अब त्यस्ता गल्ती कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संझौताको अर्को पक्ष माओवदाीले पनि विगतका गल्ती कमजोरी हुन नदिने प्रतिबद्धता जनाएको थियो । सशस्त्र द्वन्द्वरत पक्ष शान्ति प्रक्रियामा आउने नेताहरुको प्रतिद्धतापछि नै दलको आन्दोलन जनआन्दोलनमा परिणत भएको थियो ।
लगातार १० दिनको जनआन्दोलनपछि तत्कालीन निरंकुश राजतन्त्रले २०६३ वैशाख ११ मा जनताका अगाडि घुँडा टेक्यो । र, मुलुक संविधान निमार्ण, शान्ति प्रक्रिया, पूर्ण लोकतन्त्र, संघीयता र गणतन्त्रको युगमा प्रवेश गर्यो । लोकतन्त्रको पुनः स्थापना भएको १५ वर्ष पूरा भएको छ ।
प्रतिक्रिया दिनुहोस्