१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीमा विवाद समाधानका विषयमा भारतसँग वार्ता गर्न पाकिस्तान तयार


0
Shares

एजेन्सी । पाकिस्तानले भारतसँग सीमा समस्या समाधानका लागि वार्ता गर्न चाहेको जनाएको छ ।

लामो समयदेखिको भारत पाकिस्तान सीमा विवाद समाधानका लागि भारतसँग औपचारिक वार्ता गर्न चाहेको पाकिस्तानी अधिकारीहरुले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दुवै देशबीच कश्मिरको सीमा र स्वामित्वका विषयमा लामो समयदेखिको विवादका कारण तिक्तातापूर्ण सम्बन्ध रहेको छ । दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध सुधारका लागि कश्मिरको समस्या समाधान गर्न सकिने पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

कश्मिरमा भारतीय सुरक्षाकर्मीले सैन्य अवरोध गरेसँगै पछिल्लो समय सन् २०१९ देखि नै दुवै देशको सम्बन्ध थप बिग्रिएको छ । यसै वर्ष दुवै देशका सैन्य सैन्य अधिकारीहरुबीच अनौपचारिक वार्ता भएसँगै सन् २००३ मा जारी भएको युद्धबिरामसम्बन्धी सम्झौता पालना गर्नेबारे दुवै देशका उच्च नेतृत्वबीच छलफल गर्ने सैन्य अधिकारीहरुले सहमति जनाएको बताइएको छ ।

कश्मिरको जनजीवन सहज बनाएर वार्ताको वातावरण बनाउनुपर्ने पाकिस्तानी अधिकारीहरुले जोड दिएका छन् । भारतीय पक्षबाट पक्राउ परेका पाकिस्तानी नागरिकको विना शर्त रिहा गर्नुपर्ने, कश्मिरको जनसंख्यि परिवर्तनलाई रोक्नुपर्ने लगायतका माग पाकिस्तानी अधिकारीहरुले राखेको बताइएको छ ।