१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै


0
Shares

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणत्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको फाइनलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । जारी प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्सको यो तेस्रो खेल हो ।

यसअघि लिग चरणको पहिलो खेलमा नेपाल विजयी भएको थियो भने दोस्रो खेल नेदरल्याण्ड्सले जितेको थियो । आजको खेल दुबै टोलीको लागि वास्तविक परिक्षा हुनेछ । खेल किर्तीपूरस्थित टियू मैदानमा अपरान्ह पौने २ बजे सुरु हुनेछ ।

कोरोना महामारीपछि पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

नेपालले अहिलेसम्म दुईवटा टी–ट्वेन्टी श्रृंखला जितेको छ । २०१९ मा युएईमा भएको टी–ट्वेन्टी सिरिजमा नेपालले युएईलाई २–१ ले पराजित गरेको थियो । मलेसियामा सोही वर्ष भएको सिरिज नेपालले २–० ले क्लिनस्वीप गरेको थियो ।

त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज भने नेपालले अहिलेसम्म जित्न सकेको छैन । २०१९ मा सिंगापुरमा भएको जिम्बाब्बे र सिंगापुर सहभागी ट्राई सिरिजमा नेपाल दोस्रो भएको थियो ।

नेपाल रनेदरल्यान्ड्सबीच हालसम्म १० खेल भएका छन् । जसमध्ये ३ खेलमा नेपाल विजयी भएको छ भनेनेदरल्यान्ड्सले ६ खेल जितेको छ । एक खेलमा भने परिणाम निस्किएको थिएन ।