२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


२४ वर्षपछि कालोपत्रे हुँदै बागलुङको घोडाबाँधे खण्ड


0
Shares

बागलुङ । मध्य पहाडी लोकमार्ग अन्तरगतको बागलुङको घोडाबाँधे खण्ड जेठ महिना भित्रै कालोपत्रे हुने भएको छ । लोकमार्गको ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्रे हुन थालेको हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि घोडाबाधे सम्मको २५ किलोमिटर सडकमा कालोपत्रे गर्ने तयारी थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

लोकमार्ग कार्यालयको ताकेतापछि निर्माण सम्झौता भएको पाँच वर्षपछि उक्त सडक कालोपत्रे गर्ने तयारीमा लागेको छ । अहिले बागलुङ बजारको उपल्लाचौरदेखि धमाधम वेश बिछ्याउने र ग्रेडिङ गर्ने काम भइरहेको छ ।

बागलुङ बजारदेखि अछेतेसम्मको ८ किलोमिटर र बिहुँ घोडाबाँधेको ९ किलोमिटर सडक कालोपत्रे गर्नको लागि तयारी भइसकेको आयोजनाले जनाएको छ ।