२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मापदण्ड विपरीत बनाइएका घर तथा टहरा भत्काउन सुरु


0
Shares

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाले बयलवास बजारमा मापदण्ड विपरीत बनाइएका घर तथा टहर भत्काउन सुरु गरेको छ ।

नगरपालिकाले १५ दिने सूचना निकालेर सडकमा पर्ने घर टहरा हटाउन भनेपनि सूचनाको बेवास्ता गरेपछि नगरपालिकालेनै घर भत्काउन थालेको हो ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटाले बजारमा रहेको नगरपालिकाकै व्यावसायिक भवन भत्काएर सडकका संरचना हटाउनथालिएको बताउनुभयो । बयलवास बजार क्षेत्रमा १५/१६ वटाजति पूरै घर र आंशिक रुपमा दर्जनौँ संरचना सडकको मापदण्डभित्र पर्छन्।