१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थारु भाषाको गीत ‘तुहि हो तुहि’ सार्वजनिक


0
Shares

काठमाडौं । थारु भाषाको ‘तुहि हो तुहि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नरेश जोगी तथा अन्नु चौधरीको आवाज रहको छ भने नरेश जोगी कै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ ।

उत्सव दाहालको छायाँकन रहेको भिडियोको सम्पादन मिलन बिश्वकर्माले गरेका छन् । गीतमा प्रदिप कुमार चौधरी र रियाशा दाहालको अभिनय रहेको छ । गीतको छाँयाकन सर्लाहीको हरिपुर, सिसवा क्षेत्रलगायत विभिन्न थारु बस्तीमा गरिएको छ ।