१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समृद्धिका लागि ठूला–ठूला भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ– मन्त्री नेम्वाङ


0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मूलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवनको शनिबार शिलान्यास गर्दै उहाँले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताउनुभएको हो ।

मन्त्री नेम्वाङले सरकारले अहिले मूलुकमा नयाँनयाँ सुरुङमार्ग, रेलमार्ग, एयरपोर्ट, सिँचाई अयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले मूलुकमा निर्माण हुने ठूलाठूला भौतिक पूर्वाधारको निर्माणलाई तीव्रता दिन र त्यसको निर्माणमा सफलता प्राप्त गर्न इन्जिनियरहरूविना सम्भव नभएको पनि बताउनुभयो ।