
एजेन्सी । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि फेरि सङ्कटकालको घोषणा गर्नुभएको छ । राजधानी टोकियोसहित उहाँले अरु केही पश्चिमी प्रान्तहरू ओसाका, क्योटो र ह्योगोमा सङ्कटकालको घोषणा गर्नुभएको हो ।
सङकटकाल आगामी मे ११ सम्म लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण गर्न कडा प्रतिबन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् ।
जापानमा सुरुका महिनाहरूमा महामारी फैलिएको थिएन । प्रभावकारी रूपमा महामारी नियन्त्रण भइरहेको थियो । तर, पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तीव्र बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्