२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रसुवामा विद्यालय बन्द, शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण


0
Shares

रसुवा । रसुवाको गोसाँइकुण्ड गाँउपालिका–५ कोमिन स्यामेवाफेल माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि वैशाख १२ गतेदेखि एक साताका लागि बन्द गरिएको छ ।

शिक्षक र विद्यार्थीमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकनाथ नेपालले जानकारी दिनुभयो ।

एक विद्यालयमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाले अन्य विद्यायलयहरूलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन गराउन निर्देशन दिएको छ ।

उत्तरगयामा तीन, कालिकामा एक र गोसाईकुण्ड गाउँपालिकामा चार जना गरी जिल्लामा हाल आठ जनामा कोरोना पोजिटिभ भएको जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

सदरमुकाम धुन्चेमा समेत संक्रमित भेटिए पछि सदरमुकाममा सञ्चालित विद्यालयहरू के गर्ने भन्नेबारे अन्योल देखिएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय रसुवाले घरबाहिर निस्कँदा तथा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य माक्सको प्रयोग गर्न र २५ जनाभन्दा पच्चिस जना भन्दा बढी भेला नहुन आग्रह गरेको छ ।