
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण एकैदिन १४ जनाको मृत्यु भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय ३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७५ सय २५ जनामा गरिएको पीसीआर परीक्षणमा २४ सय ८६ जनामा संक्रमण देखिएको छ । यो १२ दशमलव ४ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।
यस्तै ३ सय ६४ जना निको हुँदा उपचारपछि घर फर्कनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । देशभर १६ हजार ८ सय २८ जना आइसोलेसनमा रहँदा ७१ जना क्वारेन्टिनमा छन् । आइसोलेसनमा रहेकामध्ये ११ सय ९० जना आईसीयू र ५ सय २० जना भेन्टिलेटरमा छन् ।
प्रतिक्रिया दिनुहोस्