१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ईमेज प्रतिष्ठान शाखाले गर्यो सम्मान र सहयोग


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानले प्रदेश प्रतिष्ठान सचिवमा निर्वाचित नरेन्द्र मानन्धरलाई बधाई ज्ञापनसहित सम्मानित गरेको छ ।

ईमेज च्यानल प्रतिष्ठानका सदस्य रहेका मानन्धरलाई प्रतिष्ठानका नवर्निवाचित अध्यक्ष शंकर खनालले सम्मान गर्नुभएको हो । मानन्धर निर्वाचित हुँदा प्रतिष्ठान गौरवान्भित भएको बताउँदै खनालले प्रदेशबाट शाखालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मानन्धरले प्रतिष्ठानलाई सहयोगसँगै श्रमजिविको पक्षमा सधैँ लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ईमेज च्यानल प्रतिष्ठान श्रमजिविको पक्षमा रहेको उल्लेख गर्दै उहाँले आफ्नो कार्यकालमा श्रमजिविको हक, अधिकार संरक्षणमा लाग्ने बताउनुभयो ।

सोही अवसरमा ईमेज च्यानल प्रतिष्ठानका सदस्यद्वय सृजना थापा र विनोद केसीलाई कार्यसमिति सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसै गरी ईमेज च्यानलमा सवारी चालकको रूपमा कार्यरत पूर्णकुमार गुरुङलाई सहयोगसमेत गरिएको थियो । लामो समयसम्म अस्वस्थ भइ उपचाररत गुरुङलाई प्रतिष्ठानको आह्वानमा ईमेज च्यानलका कर्मचारीहरूबाट प्राप्त ४५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गुरुङकी पत्नी कल्पना गुरुङलाई हस्तान्तरण गरिएको थियो ।