१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चैतली मेला रोक्न प्रहरी परिचालन


0
Shares

बझाङ । सुदुरपश्चिम प्रदेशकै प्रशिद्ध बझाङको चैतली मेला रोक्न जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ ।

कोरोनाको दोस्रो लहर ग्रामीण बस्तीमा फैलन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथामका लागि प्रशासन पूर्व तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।

उहाँले सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्न सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको बताउनुभयो ।

सामान्य पूजाआराधना मात्रै गर्न मिल्ने गरी व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरेको प्रजिअ अधिकारीको भनाइ छ ।

नयाँ वर्ष मनाउन र बान्निकी चैतलीमा पूजा गर्न भन्दै भारतमा रोजगारीमा गएका बझाङका थुप्रै व्यक्ति घर फर्किँदा त्यहाँ कोरोनाको जोखिम झन बढेको छ ।