१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सैन्य ‘कू’ पछि म्यानमारको सैनिक प्रमुख पहिलोपटक विदेश भ्रमणमा


0
Shares

काठमाडौं । सैन्य ‘कू’ गरेर सत्ता हत्याएपछि म्यानमारका सैनिक प्रमुख पहिलोपटक विदेश भ्रमणमा गएका छन् । सैनिक प्रमुख जनरल मिन आङ लाइङ आज इन्डोनेशियाको राजधानी जकार्ता गएको बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएका सैनिक प्रमुखले अन्तर्राष्ट्रिय नेताहरूसँग पहिलो पटक भेटवार्ता गर्न लागेका हुन । इन्डोनेशियामा दक्षिण पूर्वी एसियाली देशहरूको एसोसिएशन आसियनको सम्मेलन हुँदैछ ।

म्यानमारसहित १० सदस्य देशका नेता तथा विदेशमन्त्रीहरू सामेल हुने सम्मेलनमा म्यानमारको अहिलेको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ । सैनिकले सत्ता लिएयता म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ ।

सुरक्षाकर्मीको बल प्रयोगका कारण अहिलेसम्म सात सय भन्दा धेरैको ज्यान गएको छ । हजारौं पक्राउ परेका छन् ।