
काठमाडौं । गोरखा महाभुकम्पले भत्काएको ६ वर्ष पछि पुनर्निर्मित ऐतिहासिक धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
शनिबार एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको अनावरण गरि उहांले धरहराको उद्घाटन गर्नुभएको हो । उद्घाटन पछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टी गर्नुभएको थियो ।
२०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गर्नुभएको थियो ।
पुनर्निर्मित धरहराको उचाइ जमिनबाट ८३ दशमलब ८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा आसपासको पार्क तथा अन्य क्षेत्र समेटिएको बृहत टुँडिखेलको निर्माण कार्य बाँकी रहेपनि आज धरहरा उद्घाटन गरिएको हो । तस्वीर हेर्न स्लाइड गर्नुहोस्
तस्वीरहरू– प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया दिनुहोस्