
web pic
काठमाडौं । बबरमहलको सरकारी भवनमा आगलागी भएको छ ।
शनिबार साँझ करिब ७ बजे आन्तरिक राजस्व कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट करदाताको फाइल भएको टिनको टहरो जलेर नष्ट भएको छ ।
आगलागीको कारणबारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
अहिले दमकलले आगो निभाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्