१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


वेस्ट ह्यामलाई हराउँदै चेल्सी विजयी


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी विजयी भएको छ ।

चेल्सीले १० खेलाडीमा सिमित वेस्ट ह्याम युनाईटेडलाई १–० ले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन टिमो वेर्नेरले निर्णायक गोल गरे ।

खेलको ४३ औं मिनेटमा वेर्नेरले गोल गरे । खेलको ४२ औं मिनेटमा फाबियानले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै चेल्सीले ३३ खेलमा ५८ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । वेस्ट ह्याम ५५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

गएराति नै भएको खेलमा लिभरपुल न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुल न्यूक्यासलसँग १–१ को बराबरीमा रोकिएको हो ।

चौथो स्थानको होडमा रहेको लिभरपुलका लागि बराबरीले धक्का लागेको छ । लिभरपुल ३३ खेलबाट ५४ अंकसहित छैटौँ स्थानमा छ ।