२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कोहलपुरमा आजदेखि लकडाउन


0
Shares

काठमाडौ । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ ।

कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले आज राति १२ बजेदेखि बैशाख १९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको अवधिमा नगरपालिका क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य कुनैपनि कार्य गर्न नपाइने जनाइएको छ ।

यता संक्रमण समुदाय स्तरमा फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकामा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन गरिसकेको छ ।