
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाउनु भएको छ ।
आज बिहान १० बजे बालुवाटारमा बस्ने गरि बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीले समान्तान्तर गतिविधि गरिरहेको नेपाल पक्षका संघ र प्रदेशका ३२ सांसदलाई स्पष्टिकरण सोध्नु भएको थियो ।
उनीहरुले स्पष्टीकरणको जवाफ बिहीबार नै बुझाएका थिए । आजको बैठक स्पष्टीकरणको जवाफ र कारवाहीबारे केन्द्रित हुने जनाइएको छ ।
प्रधानमन्त्री ओली र नेता माधव कुमार नेपालबीच बुधबार र विहीवारको वार्ता फलदायी नभएपछि दुवै पक्ष आ आफ्नो रणनीतिमा केन्द्रीत रहेको छन् ।
प्रतिक्रिया दिनुहोस्