
फाइल फोटो
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पदाधिकारी बैठक बोलाएको छ ।
बैठक आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा आसन्न महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।
पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यलाई समेत बोलाइएको बैठकले पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डासमेत तय गर्ने बताइएको छ ।
बैठकमा महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणको हालसम्मको अवस्था तथा समसामयिक विषयमा छलफल हुनेछ ।
यसैगरी जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनबारे पनि छलफल हुनेछ । पार्टीको केन्द्रीय समिति वैठक भोली दिउँसो दुई बजे बस्दै छ ।
प्रतिक्रिया दिनुहोस्