१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कोरोना नियन्त्रणमा १९ अर्ब खर्च


0
Shares

काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा चालु आर्थिक वर्षमा मात्र १९ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । तर पनि कोरोना संक्रमणको दोस्रो लहर रोक्न सरकार असफल देखिएको छ ।

पछिल्ला १० महिनामा संघीय सरकारले ८ अर्ब ५९ करोड ९८ लाख, प्रदेश सरकारले २ अर्ब ९२ करोड ३ लाख र स्थानीय सरकारले संक्रमण नियन्त्रण गर्न गत आर्थिक वर्षमा ११ अर्ब ८६ करोड ९२ लाख र चालु आवमा ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ ।

कोारेना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च संघ, प्रदेश र स्थानीय तहबाट भएको खर्च हो ।

कारोबार