२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काराबाओ कपको उपाधि म्यान्चेस्टर सिटीलाई


0
Shares

एजेन्सी । यस वर्षको इंग्लीश लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।

काराबाओ कप पनि भनिने प्रतियोगिताको फाइनलमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै सिटीले उपाधि जितेको हो ।

वेम्बले रंगशालामा गएराति भएको खेलमा सिटीलाई विजयी गराउन आयमेरि लापोर्तेले ८२ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै सिटीले लगातार चौथो पटक तथा समग्रमा आठौं पटक काराबाओ कपको उपाधि जितेको छ ।

सिटीले सर्वाधिक धेरै काराबाओ कप विजेता लिभरपुलसँग बराबरी समेत गरेको छ ।

म्यान्चेस्टर सिटी जारी सिजनको इंग्लीश प्रिमियर लिगको पनि शिर्ष स्थानमा रहेको छ । यसैगरी सिटी युरोपियन च्याम्पियन्स लिगको पनि सेमिफाईनलमा पुगेको छ ।