१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङका अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव


0
Shares

दाङ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा दाङका अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव भएको छ । संक्रमितहरु भुइँमै बसेर उपचार गर्न बाध्य भएका छन् ।

जिल्लाकमा रहेका कोरोना विशेष अस्पतालमा तीन वटा मात्र आईसियु बेड रहेका छन् । दाङमा रहेका तीन वटा सरकारी अस्पतालमा आईसीयु सेवा नै छैन ।

अस्पतालकाे क्षमता भन्दा बढी बिरामीको चाँप हुँदा अस्पताललाई थेग्नै गाह्रो भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सुपरिटेण्डेन्ट डा. विनोद सिंहले जानकारी दिनु भएको छ । जिल्लामा सबै भन्दा बढी संक्रमित घोराही र तुलसीपुरमा भएका छन् ।