२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिभुवन विश्वविद्यालको आजको परीक्षा नरोकिने


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्व निर्धारित तालिका अनुसार आजको परीक्षा स्थगित नगर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय सीसीएमसीको बैठकले सबै शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षाहरु तत्काल स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयले भने आजको परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आजका लागि तय भएका परीक्षा सञ्चालन गरेर भोलीदेखिका परीक्षाका बारेमा थप निर्णय गर्ने बताउनुभको हो ।

आज बीएड, बीएस्सी र बीएको परीक्षा रहेको छ । निषेधाज्ञा लागेमा के गर्ने र सोमबारपछिका परीक्षा के गर्ने भन्नेबारे आज बैठक बसेर निर्णय लिइने पनि परीक्षा नियन्त्रक जोशीले बताउनुभयो ।