
बाँके । बाँकेमा स्थानीय प्रशासनले आजराति देखि लागु हुनेगरी जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको छ ।
प्रशासनले २० गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक कामबाहेक हिँडडुलसमेत गर्न निषेध गरिएको जिल्ला प्रसासन कार्यालय बाँकेले जनाएको छ ।
यही वैशाख ९ देखि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै लकडाउन गरिएको थियो भने आइतबार कोहलपुर नगरपालिकामा लकडाउन गरीएको थियो । कोरोना संक्रमणको दर बढेपछि प्रशासन जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्