२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने


0
Shares

पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन आज दिउँसो २ बजे बस्दै छ ।

विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पृत्थ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको हो ।

गण्डकी प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको हिजो बसेको बैठकले अविश्वास प्रस्ताव टेबुल गर्ने लगायतका कार्यसूची तय गरेको हो । बैठकमा सांसदहरु उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री गुरुङले दिने कार्यक्रम छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि मुख्यमन्त्री गुरुङले यही वैशाख २ गते राति प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गर्नुभएको थियो ।