१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडक कालोपत्रे गर्न स्थानीयको अवरोध


0
Shares

रसुवा । राष्ट्रिय गौरवको योजनामा पर्ने गल्छी–त्रिशूली–रसुवागढी सडक खण्डको रसुवाको वेत्रावतीदेखि नयाँ पुलसम्मको तीन किलोमिटर सडकको कालोपत्रे गर्ने काम रोकिएको छ ।

मुआब्जा विवादमा स्थानीयले अवरोध गरेपछि कालोपत्रे गर्ने काम रोकिएको हो । बिगतमा त्रिशूली–३ ए जलविद्युत् आयोजनाले निमार्णको समयमा जग्गाको लगत कट्टा बढी गरेको भन्दै स्थानीयले त्यसको मुआब्जा नदिएसम्म काम अघि बढाउन नदिने बताएपछि काम राेिकएको हो ।

मुआब्जा नपाएको भन्दै स्थानीयले काममै अवरोध गरे पनि मैलुङ र त्रिशूली–३ ए जलविद्युत् आयोजनाले थप पाँच देखि आठ मिटरसम्म मुआब्जा वितरण गरी लगत कट्टा गरिसकेको जनाइएको छ ।

उक्त सडक छेउमा पर्ने ६१ वटा घरटहराको क्षतिपूर्ति बापत तीन करोड ५० लाख रकम दिइएको छ । आवश्यक कागजात नपुग्दा १० प्रतिशतलाई मुआब्जा वितरण गर्न बाँकी रहेको गल्छी–त्रिशूली–रसुवागढी सडक योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभएको छ ।