१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा एकैदिन २८ सयको मृत्यु, ३ लाख ५४ हजार बढी संक्रमित


0
Shares

एजेन्सी । भारतमा एकैदिन कोरोनाबाट २ हजार ८१२ जनाको मृत्यु भएको छ । स्वास्थय मन्त्तालयका अनुसार २४ घण्टामा भारतमा ३ लाख ५४ हजार ६५३ जना संक्रमित भएका छन् ।

यो विश्वभर देखिएकामध्ये सबैभन्दा बढी तथ्यांक हो । भारत यो समय कोरोना महामारीको भयानक अवस्थाबाट गुज्रिरहेको छ ।

भारतमा लगातार पाँचौ दिनसम्म ३ लाख बढी संक्रमित फेला परेका छन् । भारतमा अहिलेसम्म १ करोड ७३ लाख ६ हजार ४२० जना संक्रमित भएका छन् ।