
अनिल तिवारी
वीरगन्ज । मध्य तराईमा चैत यता कोरोना महामारीका कारण दैनिक रुपमै संक्रमितको मृत्यु भइरहेको छ । छिमेकी मुलुकको अवस्थाबाट आउने दिन सिमावर्ती सहरको लागि अझ भयावह हुने निश्चित नै छ । तर तयारी भने शुन्य देखिएको छ ।
स्थानिय सरकार अलमलमा छ भने अधिकार नपाएको गुनासोमा प्रदेश अल्झिएको छ । केन्द्र सत्ता समिकरणकै खिचलोमा अलझेकोले पनि कोरोनाको त्रास जनतामा बढ्दै गएको छ । कोरोना नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा लापरवाही गरेको बिरामीहरुले जनाएका छन् ।
भेन्टिलेटर जडान गरी संक्रमतिको उपचारको लागि अस्पताल प्रशासनले प्राविधिक तयारी नगरेकोले अनाहकमा भेन्टिलेटर नपाएर करिब ५ जना संक्रमितले ज्यान गएको उनीहरुको गुनासो छ । नारायणी अस्पतालमा अहिलेसम्म ४६ शैयाको कोरोनावार्ड सञ्चालनमा ल्याइएको अस्पतालका प्रवक्ता डाक्टर सरोजकुमार सिंह बताउनु हुन्छ ।
पहिला जस्तो संक्रमितमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण नभएर अहिले सिधै फोक्सोमै कडाखाले निमोनिया हुने गरेको लक्षण देखिएको छ । यस्तारोगले पनि उपचारमा कठिन भइरहेको र मृत्युदर बढेको चिकित्सकहरुको बिशलेषण छ ।
सामान्य अवस्था भएका संक्रमितलाई भने अस्पताल वा आइसोलेसन सेन्टरमा भर्ना नगरी स्थानीय प्रशासन र पालिकाको समन्वयमा होम आइसोलेसनमा राखिएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिनु भएका छ ।
समुदायमा सबै मानिसहरुले सावधानी अपनाउनु पर्ने र सचेत हुनुपर्ने बेला छ । तर बजारको चहल पहल उस्तै भएपनि आउने विपतको लागी खासै तयारी नहुनुले पनि भारतको महानगरका अवस्था आर्थिक महानगर वीरगन्जमा आउने हो कि भन्ने चिन्ता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्