१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


झोलुङ्गे पुल निमार्ण भएपछि स्थानीय खुशी


0
Shares

डम्मर बुढामगर

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिमा सिमखोलामा ३ सय ३३ मिटर लामो पुल निर्माण भएपछि वर्षौ देखि पीडित बन्दै आएका स्थानीयहरुले १० मिनेटमै वारपार गर्न सक्छन् । पुल बनेपछि घाँँस दाउरा बोक्न र खेतिपाती गर्न निकै सहज भएको छ ।

एका पट्टि गाउँ र अर्को पट्टी जग्गा जमिन हुँदा यहाँका अधिकांश स्थानीयहरु खेतीपातीको लागि एक डेढ घण्टाको यात्रा गरेर बारीमा पुग्नु पर्ने अवस्था थियो । पुल बनेपछि नर्जाखानी, भित्रिबन, खुङ्खानी, थास्पुरी लगायतका स्थानका करिब ३ सय घर धुरीका नागरिक प्रत्यक्ष लाभाम्वित भएका छन् ।

बागलुङमा लामा र अग्दा पुल धेरै भए पनि यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो भएको दाबी छ । २ घण्टाको यात्रा गरेर बिद्यालय पुग्दै आउनुभएको थास्पुरिका ज्ञानेन्द्र सुन्चौरीले पुल बनेपछि आफुहरुलाई घेरै सुविधा भएको बताउनुहुन्छ । स्थानीय वडा सदस्य लिलाकुमार छन्त्यालले पुलले खुङ्खानीबासीको मुखार फेरिएको बताउनुभएको छ । छन्त्यालले पुल नबन्दा यहाँका जनताले निकै सास्ती भोग्दै आएको भन्दै पुलले उनीहरुको दैनिकी समेत बदलिएको बताए ।

पुल स्वर्गीय सांसद ज्ञानकुमारी छन्त्यालको पहलमा गत असोजमा सस्पेन्सेस बृज केन्द्रीय कार्यालय पुलचोक काठमाडौँद्वारा निर्माण गरेको हो । पुलले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि आकर्षण गर्न सक्ने संभावना देखिन्छ । गाउँपालिकाले त्यस क्षेत्रमा धार्मिक तथा पर्यटकीय गन्तव्यक पहिचान गरि प्रचार गर्न सक्यो भयो पुले यात्रासँगै पर्यटन विकासमा पनि टेवा पु¥याउने छ ।