
काठमाडौं । काठमाडौंमा मास्क नलगाई हिड्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मास्क नलगाइ हिड्नेलाई केही समय नियन्त्रणमा लिएर छाडेको हो । काठमाडौंका विभिन्न स्थानमा बनाइएको होल्डिङ एरियामा उनीहरुलाई राखिएको थियो ।
बिहानसम्म प्रहरीले १ हजार ३ सय २५ जनालाई केही समय होल्ड गरेर सम्झाई बुझाई छोडेको थियो । ३ सय २२ जना महिला र १ हजार ३ जना पुरुष कारबाहीमा परेका छन् ।
देशभर संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले जिल्लामा थप कडा गरेको छ । त्यस्तै, काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्