
काठमाडौं । कोरोना भाइरसको जोखिम बढेसँगै विवाह र ब्रतबन्ध गर्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्ने भएको छ ।
सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको निषेधाज्ञामा काठमाडौंवासीले विवाह र ब्रतबन्ध गर्न प्रशासनको अनुमति लिनुपर्ने भएको हो । साथै त्यस्ता समारोहमा बढीमा १५ जना मात्र भेला हुन पाइने भएको छ ।
निषेधाज्ञामा भनिएको छ, ‘विवाह र ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न पाइने छ ।’
प्रतिक्रिया दिनुहोस्