१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञामा खाद्य पसल, औषधि र स्वास्थ्य सामग्री पसल खुल्ने समय तोकियो


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू खुल्ने समय तोकिएको छ । १६ गतेदेखि लागू हुने निषेधाज्ञामा यस्ता व्यवसाय खोल्ने समय तोकिएको हो ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेशमा खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्नुपर्नेछ ।

यस्तै डिपार्टमेन्टल स्टोरको ग्रोसरी कक्ष भने बिहान १० देखि ५ बजेसम्म सञ्चाल गर्न पाइने छ । तर सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।